१६ श्रावण २०८३, शनिबार | August 1, 2026

जवाफदेहिता र उत्तरदायित्वमा नेताहरु चुकेको दाबी



बुटवल । लुम्बिनी प्रदेश सभाका नेपाली काग्रेसका प्रमुख सचेतक फकुरुदिन खानले जवाफदेहिता र उत्तरदायित्व एकले अर्कालाई दोष थोपरेर नागरिकहरुको समस्या प्रति संवेदनसिल बन्न नसकेको दाबी गरेका छन ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको १० औ चार्टर नाईटको शुक्रबार उद्घाटन गर्दै देशको राजनितिक स्थिरताबाट विकास र सम्बृद्धि आउने भन्दै राजनितिक मुद्दालाई वार्ता र सम्झौताबाट टुग्याउन सुझाव दिए । पछिल्लोसमय सिमा क्षेत्रमा निक्कै समस्या देखिएको भन्दै कच्चापदार्थ बाहेकका सवारीले नेपाल प्रवेश नपाएको वर्तमान अवस्थामा धेरै कठिनाई भइरहेको उनले बताए ।

कोभिड-१९ का कारण देखाउदै सिमामा कडाई गरिदा पर्यटकहरु भित्रनाबाट रोकिदा यसले पर्यटन ब्यवसाय धरासायी हुने अवस्थामा पुगेको उनले दुखेसो गरे ।सुधारका धेरै कार्यक्रमहरु चलाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रमममा क्लबका पुर्वअध्यक्षहरुलाई मायाको चिनोबाट सम्मान गरिएको थियो । क्लबका अध्यक्ष गोपाल ज्ञवालीले यस क्षेत्रमा क्लबबाट वर्षभरि नै नया र नमुना काम गरेको बताए ।

कार्यक्रममा राटरी जोन २१ का एजी हरि प्रसाद पौडेल, जोन १९ एजी खिमानन्द भुषाल, रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष ज्ञानोधारा पन्त, पुर्व अध्यक्ष नवीन श्रेष्ठ, ओम प्रसाद अर्याल, पुर्व अध्यक्ष ओम प्रसाद अर्याल, बालकृष्ण अर्याल, ईलेक्ट प्रेसिडेन्ट विष्णु चापागाई, सचिव दिपक भट्टराईले समाज परिवर्तनमा काममा सामाजिक संघसंस्थाहरुको भुमिका महत्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १२ : ४० बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष