२९ मंसिर २०८२, सोमबार | December 15, 2025

फिलिपिन्समा फेरि लकडाउनको म्याद थपियो



एजेन्सी । फिलिपिन्समा लकडाउनको अवधि फेरि थप गरिएको घोषणा गरिएको छ ।

राष्ट्रपति रोड्रिगो डुटेर्टेले अझ कडा लकडाउन लागु गर्ने निर्णय गरेका हुन । राजधानी मनिला महानगरपालिका र छिमेकी क्षेत्रमा लकडाउन थप गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कोरोनभाइरसको महामारी थप फैलिदै गएकाले त्यसलाई न्युनिकरण गर्ने उद्धेश्यले लकडाउनको अवधि फेरि थप्नु परेको सरकारी अधिकारीहरुको भनाइ छ ।

राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले शनिबार टेलिभिजन मार्फत दिएको जानकारी अनुसार सरोकारवाला र विज्ञहरुले लकडाउन फेरि थप्न आवश्यक भएको निश्कर्ष निकाल्दै लकडाउनको अवधि थप्न सुझाव दिदै सिफारिस गरेकोले थप गरिएको हो ।

देशको लागुना, बुलाकान, काभित र रिजाल क्षेत्रमा लकडाउनको अवधि लम्बिएको पनि उनले जानकारी दिए । एक हप्ते लकडाउन आइतबार सकिने छ ।

दक्षिण एसियाली मुलुक फिलिपिन्समा शनिबार मात्रै १२ हजार ५७६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । यसअघि गत शुक्रबार एकैदिनमा १५ हजार ३१० जना सङ्क्रमित भएका छन् ।

यो सङ्ख्या दैनिक सङ्क्रमितहरुको संख्यामा दोस्रो धेरै भएको जनाइएको छ । फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसबाट सात लाख ८४ हजार ४३ जना सङ्क्रमित भएका छन् भने १३ हजार ४२३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ६ : ०८ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर