१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

कुमारी बैंकले मनायो २० औं वार्षिकोत्सव



काठमाडौ । कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको सु–अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट संस्थागत वातावरण संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरुको आयोजना गरी आफ्नो लामो बैंकिङ्ग इतिहासलाई भव्यताका रूपमा मनाएको छ ।

यस २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको मेलम्ची शाखाले मिति २०७७ चैत्र २१ गते शनिवार, थाङपालधापमा काठमाडौं मेडिकल कलेजको सहकार्यमा विशेषज्ञहरुबाट नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेकोे छ । उक्त कार्यक्रममा ७०० जना भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो ।

साथै, बैंकको कर्मचारी युनियनको नेतृत्वमा नक्साल शाखामा रक्तदान कार्यक्रम सँगसँगै सम्पन्न गर्दै वार्षिकोत्सवमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ११४ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।

हालसम्म आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ४ : ४८ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ