१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोनाबाट वच्न सरकारको चेतावनी : रात्रि व्यवसाय ९ बजेपछि बन्द गर, विद्यालयमा उच्च सतर्कता अपनाऊ



काठमाडौं । सरकारले कोरोना भाइरसको जनस्वास्थ्य मापदण्डको उल्लंघन र नयाँ भेरियन्ट बढ्दो क्रममा रहेको भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै जनस्वास्थ्य मापदण्डमा कडाई गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । मन्त्रालयमा बसेको बैठकले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले काठमाडौं र पोखरा लगायतका ठूला सहरमा रहेका विद्यालय जाने उमेर समुहमा संक्रमण बढ्दो क्रममा भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी, सार्वजनिक यातायातमा यात्रा कम गर्न या भीडभाड कम गर्न, सपिङ मल, नाचघर, सिनेमा घर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल, मन्दिर लगायतका धार्मिक स्थलहरु जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले घरबाहिर निस्कँदा मास्कको प्रयोगलाई अनिवार्य गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

मन्त्रालयले ठूला शहरहरुमा ५ सयभन्दा बढी र साना शहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

यस्तै कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन, ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

 

 

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ६ : ३२ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको