१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आर्थिक रुपान्तरण २०३० को कार्यान्वयनमा सबैको योगदान आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक रुपान्तरण २०३०को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउदै सम्मृद्ध मुलुक निर्माणका लागि महासंघको भिजन पत्रको रुपमा आएको आर्थिक रुपान्तरण २०३०ले महत्वपुर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

ढकालले महासंघले तयार गरेको आर्थिक रुपान्तरण २०३० कार्यान्वयनका लागि सरकार संगै सबै सरकोकारित निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । उनले आगामी आर्थिक बर्षको बजेट र मौद्रिक नीतिका सम्बन्धमा आफुहरुले दिने सुझावलाई सरकारले सकारात्मक रुपमा लिने अपेक्षा आफुहरुले गरेको बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले भने, “कोभिड १९ ले पारेको प्रभाव र अर्थतन्त्रलाई चलायमा बनाउनका लागि महासंघले आर्थिक रुपान्तरण २०३० मार्फत प्राररुप तयार पारेको छ । यसलाई महासंघले भिजन पेपर पनि भन्ने गरेको छ । यसको कार्यान्वयनका लागि सरकार लगायत सबै निकायबीचको सहकार्य र समन्वयबाट मात्र संभव छ ।”

ढकालले कोभिड १९ का कारण पर्यटन, घरेलु, साना तथा मझौला उद्योग लगायत यातायात क्षेत्रमा ठूलो असर पुगेको र अहिले पनि जोखिम यथावत रहेकाले मानिसको स्वास्थ्य र अर्थतन्त्र दुवैलाई जोगाएर काम गर्नुपर्ने स्थितितर्फ सबैलाई सचेत गराए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ५ : ५७ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह