२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

आहा रारा गोल्डकपको उपाधी संकटालाई



काठमाडौं । अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा पराजित गर्दै संकटा क्लबले पोखरामा सम्पन्न १९औं संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको छ ।

गोलकिपर राजा बाबु थापाको उत्कृष्ट खेलको प्रदर्शबाट संकटले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो । यससँगै संकटाले पोखरामा सम्पन्न आहा रारा गोल्डकपको १९औं संस्करणको उपाधि उचाललेको छ ।

टाई–ब्रेकरमा अफ्रिकन रुट्सका दुई खेलाडीले सदुपयोग गर्न नसक्दा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे । सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए । अफ्रिकनका यानिक र रिमले गोल गरे । तर, कुइटेको प्रहार बाहिरिएको थियो भने एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले बचाएका थिए ।

निर्धरित ९० मिनेट १–१ गोलको बराबरी सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा थप गोल हुन नसक्दा खेलको निर्णय टाई–ब्रेकरबाट लिइएको हो । निर्धारित ९० मिनेटको खेलमा भने भ्रमणकारी अफ्रिकन रुट्सले लिएको थियो । ११ औं मिनेटमा मौसाको पासमा बासिकले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि दबाबमा रहेको संकटा खेलमा फर्किन निकै संघर्ष ग¥यो । तर पहिलो हाफमा सफल हुन सकेन ।

पहिलो हाफमा पछि परेको संकटले दोस्रो हाफमा भने सम्हालिएको परिपक्क खेल देखाउन सफल भयो । ५२ औं ग्लोरिले गोल गर्दै खेल बराबरी अवस्थामा ल्याएका थिए । त्यसपछि दुबै टोली स्पष्ट जितका लागि आक्रामक खेल खेले पनि सफल हुन सकेनन र निर्धारित समय १÷१ गोलको बराबरीमा सकिए । अतिरिक्त समयमा पनि दुबै टोलीबाट थप गोल हुन सकेन र खेल टाई–ब्रेकरबाट लम्किएको थियो ।

टाईब्रेकरमा संकटा भाग्यमानी रहँदै पहिलो पटक आहा रारा गोल्डकपको उपाधि उचाल्न सफल भयो ।
जितसँगै संकटले नगद नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो ।

आठ क्लबको सहभागिता रहेको प्रतियोगितामा उपाधि उचालेको टोली संकटाका गोलकिपर राजा बाबु थापा घोषित हुँदा संकटाकै निरज बस्नेत उत्कृष्ट डिफेन्डर भए । यस्तै अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिकले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसले हात पारे । उनीहरुले जनही २५ हजार रुपैयाँ हात पारे । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राजा बाबु थापा चुनिँदै एक थान स्कुटर प्राप्त गरे ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ६ : ०९ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार