१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाल पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी



काठमाडौं ।  नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन्।

निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोखरेलले छ हजार ९४२ मत ल्याई विजयी भएका हुन् । पोखरेलका निकटम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९१५ मत प्राप्त गरेकी छिन् ।

अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रप्रसाद बुढाथोकीले ४९१ मत र रामप्रसाद दाहालले १५६ मत प्राप्त गरेका छन् ।

यही चैत २५ गते पहिलोपटक महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोख्रेल प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन्।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।

यस्तै खुला सचिवमा गोविन्द चौलागाईँ, सचिव (महिला)मा सिर्जना अर्याल, सचिव ९आदिवासी जनजाति० नारायणसुन्दर किलम्बू, सचिव (मधेसी) दीपेन्द्र चौहान, सचिव (दलित)मा हेमकर्ण विक र सचिव (एशोसिएट)मा पवन आचार्य निर्वाचित भएका छन् ।

यस्तै लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ६ : १७ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्