१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

उच्च स्वास्थ्य सतर्कता अपनाउन सीसीएमसीको आग्रह



काठमाडौं । कोरोनाको दोस्रो लहर फैलन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आग्रह गरेको छ ।

सीसीएमसीको शनिबारको बैठकले पछिल्लो समय कोभिड सङ्क्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालका अनुसार बैठकमा पछिल्लो सङ्क्रमणको स्थिति तथा तयारीको विषयमा छलफल गरिएको र आमरूपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको छ ।

यस्तै जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाइने भएको छ ।

कोरोनाको लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राखिनेछ ।

बैठकले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा पालना गर्न बैठकले आग्रह गरेको छ । बैठकमा तीन साता विद्यालय तथा कलेजहरु बन्द गर्ने विषयमा छलफल भएपनि यो प्रस्ताव मन्त्रिपरिषदमा लैजाने विषयमा भने निर्क्यौल भएन ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ८ : ५७ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै