१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

आइपिएल क्रिकेट : दिल्लीसँग चेन्नइ ७ विकेटले पराजित



मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्ससँग चेन्नेई सुपर किंग्स पराजित भएको छ ।

शनिबार राति सम्पन्न खेलमा दिल्लीले चेन्नइ सुपर किङ्सलाई ७ विकेटले पराजित गरेको हो । १ सय ८९ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.४ ओभरमा भेट्टयो । पहिलो विकेटका लागि पृथ्वी शाँ र शिखर धवनले १ सय ३८ रनको शतकीय साझेदारी गरे । ५४ बल खेलेका धवनले २ छक्का र १० चौकाको मद्धतमा ८५ रन बनाउँदै शार्दुल ठाकुरको बलमा एलबिडब्लु धरापमा परे ।

यस्तै, ३८ बलमा ३ छक्का र ९ चौकासहित शाँले ७२ रनको योगदान दिए । रिषभ पन्तले नटआउट १५ तथा मर्कूस स्टोइनिसले १४ रनको पारी खेले । यसअघि, मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नइले निर्धारित २० ओभरमा १ सय ८८ रन बनाएको थियो ।

खराब सुरुवात गरेको चेन्नइको पारी सुरेश रैना र मोइन अलीले सम्हाल्दै ५३ रनको साझेदारी गरे । रैनाले ५४, अलीले ३६ रन बनाए । यस्तै, राम करणले ३४, रविन्द्र जडेजाले २६ तथा अम्बाती रायुडुले २३ रन जोडे । जितसँगै दिल्लीले २ अंक जोडेको छ । २ अंक जोडेको दिल्ली तालिकाको पहिलो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : ४९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग