२३ बैशाख २०८३, बुधबार | May 6, 2026

आइपिएल क्रिकेट : दिल्लीसँग चेन्नइ ७ विकेटले पराजित



मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्ससँग चेन्नेई सुपर किंग्स पराजित भएको छ ।

शनिबार राति सम्पन्न खेलमा दिल्लीले चेन्नइ सुपर किङ्सलाई ७ विकेटले पराजित गरेको हो । १ सय ८९ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.४ ओभरमा भेट्टयो । पहिलो विकेटका लागि पृथ्वी शाँ र शिखर धवनले १ सय ३८ रनको शतकीय साझेदारी गरे । ५४ बल खेलेका धवनले २ छक्का र १० चौकाको मद्धतमा ८५ रन बनाउँदै शार्दुल ठाकुरको बलमा एलबिडब्लु धरापमा परे ।

यस्तै, ३८ बलमा ३ छक्का र ९ चौकासहित शाँले ७२ रनको योगदान दिए । रिषभ पन्तले नटआउट १५ तथा मर्कूस स्टोइनिसले १४ रनको पारी खेले । यसअघि, मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नइले निर्धारित २० ओभरमा १ सय ८८ रन बनाएको थियो ।

खराब सुरुवात गरेको चेन्नइको पारी सुरेश रैना र मोइन अलीले सम्हाल्दै ५३ रनको साझेदारी गरे । रैनाले ५४, अलीले ३६ रन बनाए । यस्तै, राम करणले ३४, रविन्द्र जडेजाले २६ तथा अम्बाती रायुडुले २३ रन जोडे । जितसँगै दिल्लीले २ अंक जोडेको छ । २ अंक जोडेको दिल्ली तालिकाको पहिलो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : ४९ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा