४ पुस २०८२, शुक्रबार | December 19, 2025

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड ला-लिगाको शीर्ष स्थानमा उक्लियो



एजेन्सी । स्पेनिस ‘एल क्लासिको’ मा बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा रियलले बार्सिलोनालाई आफ्नै मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो । रियललाई जित दिलाउनको लागि करिम बेन्जेमा र टोनी क्रुसले गोल गरे । बार्सिलोनाका ओस्कार मिगुएजाले गोल फर्काए ।

रियलले दुवै गोल पहिलो हाफमा गरेको थियो भने बार्सिलोनाले दोस्रो हाफमा गोल फर्काएको थियो । खेलको १३ औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २८ औँ मिनेटमा टोनी क्रुसले गोल गर्दै अग्रता दोब्बर बनाए ।

६० औं मिनेटमा मिगुएजाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउन संकेत दिए । बल पोजिसनमा बार्सिलोनाले दबाबमा राखेपनि त्यसपछि गोल गर्न नसक्दा खेल रियलले जित्यो ।

यो जितसँगै रियल लेगको शीर्षस्थानमा उक्लिएको छ । रियलले ३० खेलबाट ६६ अंक जोडेको छ । समान ६६ अंक भएपनि हेड टु हेडमा रियलले एट्लेटिकोलाई पछि पारेको हो । एट्लेटिकोले एक खेल कम खेलेको छ । पराजित बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ७ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको