१५ चैत्र २०८२, आइतबार | March 29, 2026

सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका छन् ।

सोमबार केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा १४औं महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ ।

आगामी भदौ ७ गतेदेखि सुरु हुने महाधिवेशनको कार्यतालिका बनेपनि अहिलेसम्म क्रियाशील सदस्यता र नवीकरणको काम सकिएको छैन । ७१ जिल्लामा काम भैरहेको छ भने बाँकी जिल्लामा बल्ल सदस्यताको काम सुरु हुँदैछ ।

बैठकमा नयाँ सत्ता समीकरणका विषयमा समेत छलफल हुने बताइएको छ । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ । शुक्रबार सभापति देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल गरेको थियो ।

माओवादी केन्द्रले तत्कालै समर्थन जनाए पनि जसपाले भने पार्टीमा छलफल गर्नुपर्ने भन्दै केही समय माग गरेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ९ : ३३ बजे

रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित (छुसाङ-तेताङ) गाउँबीच प्राकृतिक

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी