२ मंसिर २०८२, मंगलबार | November 18, 2025

युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा



दुबई । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ ।

दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका हुन् । घोषणा गरिएका नामहरुमा नोउरा अल–माट्रोसी महिला हुन भने मोहम्मद अल–मुल्ला पुरुष छन्।

सन् १९९३ मा जन्मिएकी अल–माट्रोसी अबुधाबीस्थित नेसनल पेट्रोलियम कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियर पदमा कार्यरत छिन् । ।

युएईका चार हजारभन्दा बढी आवेदकबाट दुई जना छनौट गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरु दुबैलाई अमेरिकाको टेक्सासस्थित नासाको जोन्सन स्पेस सेन्टरमा तालिम लिन पठाइने छ ।

यदि अल¬–माट्रोसी अन्तरिक्ष अभियानमा सफल भएमा उनी अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला हुनेछिन् ।

यसअघि इरानी–अमेरिकी महिला अनुशेह रैसायानले झण्डै २ करोड डलर तिरेर पर्यटकको रुपमा सन् २००६ मा अन्तरिक्ष यात्रा गरेकी थिइन ।

अन्तरिक्ष यात्रा गर्ने पहिलो अरब मुस्लिमको रेकर्ड भने साउदी अरबका राजकुमार सुल्तान बिन सल्मानले बनाएका छन् । उनले सन् १९८५ मा डिस्कभरी यानबाट अन्तरिक्ष यात्रा गरेका थिए ।

सन् २०१९ मा युएईका मेजर हज्जा अल–मन्सूरीले पहिलो पटक अन्तरिक्ष यात्रा गरेका थिए । उनी अन्तरिक्ष केन्द्रमा आठ दिन रहेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १ : १८ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो