१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्र परित्याग गर्ने प्रदेश २ का ४ सांसदलाई २४ घण्टे स्पष्टीकरण



काठमाडौं । प्रदेश नम्बर २ को प्रदेश सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता नै माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनी सहित एमाले प्रवेश गर्ने ४ सांसदलाई स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेमा प्रवेश गरेका ४ जना सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेतानै माओवादी परित्याग गर्दै एमालेतिर लागेपछि पार्टीले चारैजनालाई प्रचण्डले कारबाही प्रक्रिया अघि बढाएका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा मोहम्मद समिरबाराबाट समानुपातिकतर्फबाट निर्वाचित हुन् भने रामचन्द्र मण्डल धनुष–१ (ख), ज्वाला कुमारी साह बारा क्षेत्र नम्बर ३ (क) र कुन्दनप्रसाद कुशवाह रौतहट–३ (ख) बाट निर्वाचित भएका हुन् ।

उनीहरु चारैजनालाई २४ घन्टे स्पष्टीकरण सोधिएको माओवादीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १ : २४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष