२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोरोना भाइरसबाट विदेशमा बस्ने ६६ हजार बढी नेपाली संक्रमित



लण्डन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा रहेका ६६ हजार १९ जना नेपाली संक्रमित भएका छन् । तीमध्ये ६३ हजार ४ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमित संख्याको ९५ दशमलव ५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित भएका हुन् । गैरआवासीय नेपाली संघका अनुसार कोरोना भाइरसका कारण अफ्रिका, युरोप, एसिया, अष्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा ३ सय ४९ जना नेपालीको कोरोनाका कारणले नेपालीहरुको निधन भएको छ ।

यो साता कोराना भाइरसको कारणले विदेशमा निधन हुने नेपालीको शून्य रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। सन्जिव सापकोटाले जानकारी दिए । शनिवार साँझसम्म स्पेन, पोल्याण्ड, चेक रिपब्लिका, जापान, मलेसिया, यूएई र कतारमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपालमा शनिवार साँझसम्म २ लाख ७९ हजार ७ सय २५ जनामा संक्रमण पुष्टि भएकामध्ये ९७ दशमलव ९ प्रतिशत अर्थात २ लाख ७३ हजार ८ सय ८६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य समितिले पछिल्लो समय संक्रमणदर बढ्दै गएको भन्दै भौतिक दुरी कायम राख्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । विशेषतः भारत लगायतका यूरोपेली मुलुकसहित नेपालमा पनि नयाँ स्वरुपको कोरोना भाइरस देखा परेकोले सावधानी नअपनाए पुनः भयावह अवस्था आउन सक्ने भन्दै समितिका संयोजक सापकोटाले स्वास्थ्य मापदण्ड अपनाउनु नै उत्तम विकल्प भएको बताए ।

कोरोना विरुद्धको खोप अझै सहज रुपमा उपलब्ध नभएको र अझै बहुसंख्यक मानिस खोपको पहुँचमा नरहेको भन्दै डा सापकोटाले मास्क लगाउने, हात धुने, दुरी कायम गर्ने र विगतको अनुभवबाट सिकेर सावधान रहनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ५ : २५ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको