१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

नयाँ सरकार गठनका बिषयमा जसपाले निर्णय गर्न सकेन



काठमाडौं । सत्ता समिकरणका बिषयमा छलफल गर्न भन्दै आज दिउँसो देखि बसेको जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक सत्ता समिकरणका बिषयमा ठोस निर्णय नगरि सकिएको छ । कांग्रेस सभापति शरबहादुर देउवाले शुक्रबार औपचारीकरुपमा नयाँ सरकार बनाउन आफुलाई समर्थन गर्न प्रस्ताव गरेपछि समय मागेको जसपाको पदाधिकारीहरु नयाँ सरकार बनाउने बिषयमा वातावरण बनि नसकेको भन्दै बैठकबाट उठेका हुन् ।

बैठकमा उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईले ओली सरकारलाई हटाएर नयाँ सरकार बनाउन पहलकदमी लिनु पर्ने कुरा उठाए पनि अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोले नयाँ सरकार भन्दा पार्टीको एजेण्डा मुख्य बिषय भएको भन्दै नयाँ सरकारका बिषयमा छलफलमा जान रोकेको जसपा स्रोतले जनाएको छ ।

छलफलमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् सदस्य डा। बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी थिए।

पार्टीको एजेण्डा सम्बोधन हुने सम्भावना अगाडि बढेका बेला अन्य बिषयमा कुरा गर्न नहुने बैठकमा महतो र ठाकुरले बताएको स्रोतले बतायो ।

शुक्रबार कांग्रेस सभापति देउवाले नयाँ सरकार गठन गर्न आफुलाई समर्थन गन प्रस्ताव गरेपछि जसपा नेता ठाकुर सहितको टोलि पार्टीमा छलफल गर्ने समय मागेर बैठकबाट बाहिरिएका थिए ।

जसपाको अनिर्णय सार्वजानिक भएसँगै ओली सरकारको आयु पुनः लम्बिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ०१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग