७ चैत्र २०८२, शनिबार | March 21, 2026

आइपिएल २०२१ : हैदरावादमाथि कोलकाताको रोमाञ्चक जित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा  क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ ।

१ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई १ सय ७७ रनमा रोक्दै १० रनको रोमाञ्चक जित हात पारेको हो । हैदराबादका मनिष पाण्डेले नटआउट ६१, जोनी बेइस्ट्रोले ५५, अब्दुल सामदले १९ तथा मोहम्मद नाबीले १४ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

कोलकाताका प्रसिध कृष्णले २ तथा साकिब अल हसन, प्याट कमिन्स र आन्द्रे रसेलले समान एक-एक विकेट हात पारे । यसअघि, मुथैया अन्नामलाई चिदम्बरम स्टेडियम चेन्नइमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो ।

कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८० रनको योगदान दिए । उनले ५६ बलमा ४ छक्का र ९ चौका प्रहार गरे । यस्तै, राहुल त्रिपाठीले ५३, दिनेश कार्तिकले २२ तथा शुभमन गिलले १५ रन बनाए ।

जितसँगै कोलकाता, दिल्ली र बैंगलोरको समान २ अंक रहेपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । दिल्ली पहिलो र बैंगलोर तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : २९ बजे

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान