७ चैत्र २०८२, शनिबार | March 21, 2026

फुजेल हत्याकाण्डका सबै आरोपीले सफाइ पाए



काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका सबै प्रतिवादीलाई उच्च अदालत पाटन, हेटौंडा इजलासले सफाइ दिने फैसला गरेको छ ।

न्यायाधीशद्वय चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको हो । वि.सं. २०६१ साल २४ जेठमा कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएका थिए ।

त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा प्रक्रिया अघि बढेको थियो ।

यसअघि २०६९ साल ३ पुषमा महान्यायाधिवक्ता कार्यालयले कृष्णप्रसाद अधिकारी हत्याको मुद्दा प्रक्रिया बन्द गर्ने निर्णय गरेको थियो । अधिकारकर्मीको दबाबपछि सरकारले मुद्दाबारे अनुसन्धान गर्न चितवन प्रहरीलाई निर्देशन दिएपछि मुद्दा दर्ता भएर अदालती कारबाही प्रक्रिया अघि बढेको हो । अधिकारी हत्याको कर्तव्यज्यान मुद्दा ३० चैत्र, २०७० सालमा चितवन जिल्ला अदालतमा दर्ता गरिएको थियो ।

मुद्दा दर्ता भएपछि चितवन जिल्ला अदालतले २३ भाद्र २०७५ मा हत्याको अभियोग लागेका १३ जना प्रतिवादीमध्ये अदालतमा हाजिर भएका १२ जनाले हत्याको कानुनतः स्वीकार्य प्रमाण (लिगल एडिमसेबल इभिडेन्स) अभावमा सफाइ पाएका थिए । चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले उनीहरूलाई सफाइ दिने फैसला गरेको थियो ।

जिल्ला अदालत चितवनले किटानी जाहेरी भएकामध्ये सात जनालाई धरौटीमा र चार जनालाई साधारण तारेखमा छाडेको थियो । दुई जना अदालतको सम्पर्कमा आएका थिएनन् ।

तीमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएका थिए । सरकारी वकिलका तर्फबाट थुनछेक मुद्दालाई पुनरावेदन अदालतमा पेस भएकामा २०७१ साल असार महिनामा पुनरावेदन अदालत हेटौंडाले जिल्ला अदालत चितवनको आदेशलाई सदर गरेको थियो । त्यसपछि सर्वोच्च अदालतमा थुनछेक बहसपछि अभियुक्त १३ जनामध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नू भन्ने आदेश दिइएको थियो । सर्वोच्चको आदेशमा पौडेल डिल्लीबजार कारागार चलान भएका थिए । डिल्लीबजार कारागारमा केही समय बसेर पौडेल रिहा भइसकेका छन् ।

किटानी जाहेरीमा छविलालसहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी रहेका थिए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : ३७ बजे

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान