२० मंसिर २०८२, शनिबार | December 6, 2025

तीन जिल्ला जोड्ने तीनमुखे पुल



काठमाडौं । सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेसँगै अहिले विशेष प्रकारको पुल निर्माण गर्न थालेको छ ।

भौगोलिक विकटता रहेका स्थानमा आवागमन सहज पार्दै धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी सरकारले विशेष पुल निर्माण गर्न थालेको हो ।

त्यसलाई सरकारले विशिष्टीकृत पुलको नामकरण गरेको छ । त्यस्ता पुल पर्यटकीय पूर्वाधारका लागि समेत उपयोगी हुनेछन् ।

स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले भौगोलिक विकटता रहेको क्षेत्रमा दैनिक कठिन यात्रा गर्दै गुजारा चलाउन बाध्य भएका नागरिकलाई आवागमनमा सहज पार्दै धार्मिक र पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी सरकारले विशिष्टीकृत पुल निर्माण गर्न लागेको बताए ।

उनका अनुसार स्याङ्जा, गुल्मी र पाल्पा गरी तीन जिल्लालाई एउटै झोलुङ्गे पुलले जोड्ने उद्देश्यले रिडी धाममा तीनमुखे पुल बन्दै छ । यस आर्थिक वर्षभित्रै उक्त पुल निर्माण गरिसक्ने गरी स्थानीय पूर्वाधार विभागले काम धमाधम अगाडि बढाइरहेको छ ।

चितवनको माडीमा रहेकोे त्रिवेणीधाम वाल्मीकि आश्रममा नेपालकै भूभाग हुँदै जान सकिने गरी झोलुङ्गे पुल निर्माण भइरहेको छ । ४८२ मिटर लामो झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ । सो क्षेत्रमा झोलुङ्गे पुलको अभावमा वाल्मीकि आश्रममा जान भारतको बाटो हुँदै जानुपर्ने अवस्था थियो ।

“नेपालको धाममा नेपालकै बाटो हुँदै जान सकिने गरी सरकारले झोलुङ्गे पुल निर्माण गर्न लागेको हो”, विभागका महानिर्देशक मरहठ्ठाले भने, “सरकारले अहिले निर्माण गर्न लागेका पुल आवागमनमा सहज गर्नुका साथै धार्मिक र पर्यटकीय दृष्टिले समेत महत्व राख्ने गरी निर्माण गरिरहेको छ ।” अहिले उक्त पुलको मेसिनरी र संरचनाको काम सकिएर टावर जोड्ने काम भइरहेको छ । यस आर्थिक वर्षभित्रमै पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको विभागले जनाएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : ५२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल