३० भदौ २०८३, मंगलबार | September 15, 2026

म्यानमारकी नेतृ आङ सान सुकीमाथि छ ओटा नयाँ आरोप



म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन् ।

नेतृ सुकीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उनका वकील मीन मीन सो एएफपीलाई बताएका छन् । पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकीलले थप जानकारी दिएका छन् ।

म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा हिजो मात्र कम्तीमा ८० जनाको मृत्यु भएको थियो । म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सुकी र उहाँको ‘नेशनल लिग फर डेमोक्रेसी दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ३ : ३२ बजे

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल