२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर



काठमाडौं । पटक पटक विश्वको बढी प्रदूषित शहरकारुपमा दर्ज हुने नेपालको संघिय राजधानी काठमाडौं फरि एक पटक विश्वकै प्रदूषित शहरको सूचीमा परेको छ ।

काठमाडौंको हावा २३३ एक्युआईको आसपास पुगेपछि काठमाडौ विश्को प्रदूषित शहरको सूचिमा परेको हो । सामन्यतया हावाको गुणस्तर मापन गर्ने आइक्युएयरका अनुसार २०० आइक्युएयर माथि पुगेको अवस्थालाई अत्यन्त खराव प्रदूषण मानिन्छ । सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ ।

शिवपुरी क्षेत्र सहित काठमाडौं आसपासका जंगलहरुमा भएको डढेलो तथा लामो समय सम्मको खडेरीका साथै हावा नचलेका कारण उपत्यकामा धुवाँ र धुलोका कण थुप्रिएको विज्ञहरुले बताएका छन् ।

हावामा प्रदूषणको मात्रा खतराको तह नाघेर २०० माथि पुगेका कारण काठमाडौँ बस्न र हिडडुल गर्न स्वास्थ्यका लागि जोखिमपूर्ण रहेको वातावरणविद्ले बताएका छन् ।

उपत्यकाबासीमा बिगत केहि दिनदेखि सास फेर्न समस्या ,आँखा पोल्ने र शरीर पनि भारी हुने समस्या देखिएको छ।

काठमाडौँमा तुवाँलो कायमै छ । यसले पनि अझै केही दिन यता काठमाडौँको प्रदूषण हट्ने सम्भावना छैन । मौसमविद सचिना शाक्यका अनुसार अझै केही दिनयता काठमाडौँमा पानी पर्ने र हावा चल्ने सम्भावना कम भएकाले प्रदूषण हट्न समय लाग्ने देखिएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १२ : ३३ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ