४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

शुक्रराज अस्पतालमा आजदेखि कोरोना संक्रमितलाई मात्र भर्ना लिइने



काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको जोखिम झनै बढे र आएको छ । आज स्वास्थ्य मन्त्रालयले संक्रणको डरलाग्दो अवस्थामा पुगेको पनि बताएको छ ।

यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले भने मंगलबारदेखि कोरोना भाईरस (कोभिड-१९) संक्रमितको उपचार सेवामात्र दिने भएको छ ।

कोरोना संक्रमित बिरामीको चाप बढ्न थालेपछि अस्पतालले अन्य सरुवा रोगका बिरामीलाई भर्ना नलिने निर्णय गरेको हो ।

अस्पतालको अन्तरंग सेवाअन्तर्गत अब कोभिड बिरामीको मात्र उपचार गरिने अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए ।

संक्रमण बढेका कारण अस्पतालको अन्तरंग सेवालाई कोभिडको मात्र उपचार सेवा दिने गरी व्यवस्था गरिएको निर्देशक राजभण्डारीको भनाई छ ।

उनले आजदेखि ननकोभिड सेवा बन्द र अन्तरंग सेवालाई कोभिडमय बनाएको जानकारी दिए । तर एचआइभी र (एन्टी रेबिज भ्याक्सिन) सेवा भने यथावत् रहनेछ । त्यसबाहेक बाह्य साधारण ओपिडी सेवा पनि निरन्तर रहने उनले बताए ।

अहिले अस्पतालमा २० भन्दा बढी संक्रमितहरू उपचाररत रहेको अस्पतालले जनाएको छ । पछिल्लो समय कोरोनाको नयाँ अर्थात (यूके भेरियन्ट) संक्रमण फैलिएका कारण अस्पतालमा भर्ना हुने संक्रमित संख्या बढेको हो ।

उक्त भेरियन्ट अघिल्लो भेरियन्टभन्दा घातक रहेका कारण अस्पताल भर्ना हुने संक्रमित अझै बढ्ने विज्ञहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ३ : ०८ बजे

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका

बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका लागि उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित, आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका

नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत