७ चैत्र २०८२, शनिबार | March 21, 2026

संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नहुदासम्म मुलुक असुरक्षित छ : केशर बहादुर बिष्ट



बुटवल । राष्ट्रिय शक्ति नेपाल अभियानका अध्यक्ष केशर बहादुर बिष्टले संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नहुदासम्म मुलुक असुरक्षित रहने दावि गरेका छन् ।

राजतन्त्र, हिन्दु राज्य र संघीयता खारेजको अभियान चलाइरहेका उनले देश बचाउनका लागि राजतन्त्र र हिन्दु राज्यका पक्षमा उभिन जरुरी रहेको बताए ।

‘सबैधानिक राजतन्त्र, सनातन हिन्दु राष्ट्र र संघीयता खारेज यी तीन मुद्धा पुरा नभए मुलुक रहदैन, उनले जिकिर गरे,-‘अहिले मुलुक तहसनहस पार्ने काम भइरहेको छ । माटो जोगाउन देशभक्त एक हुनुपर्छ ।’

मुलुकका ६६ जिल्लामा राष्ट्रिय शक्ति नेपाल अभियान लिएर पुगिसकेका विष्टले मंगलबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देशभित्रका राजनीतिक पार्टी जोगाउन पनि राजा सहितको संविधान आवश्यक रहेको जिकिर गरे । देश हरेमात्रै राजनीति र जनता रहने भन्दै देशै मास्ने काम गणतन्त्रका नाममा भइरहेको उनको भनाई छ ।

देशमा जातजातिको नामा विखण्ड निम्त्याउने काम भइरहेकाले यसले मुलुकलाई तहसनहस पार्ने उनले बताए । सबै नेपाली एकै हुन भन्ने भावनाको विकास गर्नका लागि राजतन्त्र आवश्यक रहेको उनको भनाई छ ।

‘बर्तमान संविधान नच्यातिदासम्म हाम्रो अभियान चलिरहन्छ, उनले भने,-‘हाम्रा तीन मुद्धामा सहमत हुनेहरु अभियानमा जोडिन सक्नेछन् । यसमा कुनै राजनीतिक आस्थाको बन्देज लाग्दैन ।’ उनले आफूहरु राप्रपाको विषयसंग नमिल्ने जिकिर गरे । गणतन्त्र सहितको संबिधानमा हस्ताक्षर गर्ने अनि राजतन्त्र चाहिन्छ भन्ने राप्रपासंग आफूहरुको कहिल्यै सहकार्य नहुने उनले बताए ।

कम्युनिष्ट नेतामा मनमोहन अधिकारी र कांग्रेस नेता विपि कोइरालाका अनुयायीहरुले उनीहरुकै आदर्शलाई ल्याएर अघि बढेको बताए । ‘म मनमोहन र विपिलाई आदर्श मान्छु, उहाहरुले कहिल्यै देशको विरुद्धमा काम गर्नुभएन । अहिलेका लागि राजा चाहिन्छ भन्नुभयो, विष्टले भने,-तर अहिलेका नेताहरु सबै आदर्श भुलेर परिचालित भएका छन् ।’

राप्रपाका संस्थापकमध्येका एक विष्टले आफू राजतन्त्र, संधीयता विरोध र हिन्दु राष्ट्रको पक्षमा जनमत जुटाउन अभियान लिएर हिडेको बताए । ७७ वटै जिल्लामा संगठन निर्माण गर्ने उनको भनाई छ ।

तर आफूहरु अहिलेकै संबिधान अन्र्तगत हुने निर्वाचनमा भाग नलिने उनले बताए । शक्ति नेपालले रुपन्देहीमा जिल्ला समिति निर्माण गरेको छ । यसको समितिमा २ सय १ जना सदस्य रहेका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : २० बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका