२४ बैशाख २०८१, सोमबार | May 7, 2024

आइपिएल २०२१ : हैदरावादलाई ६ विकेटले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा रोयल च्यालेञ्जर्स बैंगलोरले लगातार दोस्रो जित हासिल गरेको छ ।

बुधबार राति भएको प्रतियोगिताको छैठौँ खेलमा बैंगलोरले सन राइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

मुथैया अन्नामलाई चिदम्बरम स्टेडियम चेन्नइमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

सामान्य सुरुवात गरेको बैंगलोरका लागि ग्लेन म्याक्सवेलले अर्धशतकीय योगदान गरे । ४१ बलको सामना गरेका म्याक्सवेलले ३ छक्का र ५ चौकाको मद्धतमा ५९ रन बनाए । यस्तै, कप्तान विराट कोहलीले ३३, साहवाज अहमदले १४, काइल जेमिसनले १२ तथा देवदत्त पडिक्कलले ११ रन जोडे ।

हैदरावादका ज्यासन होल्डरले ३, राशिद खानले २ तथा भुवनेश्वर कुमार, टी नटराजन र साहवाज नदीमले समान एक-एक विकेट लिए । १ सय ५० रनको मध्ययम लक्ष्य पाएको हैदरावादले ९ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेपनि दोस्रो विकेटका लागि डेविड वार्नर र मनिष पाण्डेले ८३ रनको साझेदारी गर्दै जित नजिक पुर्याए । वार्नर ५४ तथा पाण्डे ३८ रनमा आउट भए । यस्तै, राशिद खानले १७ तथा जोनी बेइस्ट्रोले १२ रन बनाएपनि टोलीलाई दोस्रो हारबाट बचाउन सकेनन् ।

हैदरावादलाई सस्तैमा रोक्ने क्रममा बैंगलोरका शाहबाज अहमदले ३, हर्सल पटेल र मोहम्मद सिराजले समान २-२ तथा काइल जेमिसनले एक विकेट लिए ।

हैदरावादमाथिको जितसँगै बैंगलोर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरको दुई खेलबाट ४ अंक छ । दिल्ली, मुम्बइ, पञ्जाव र कोलकाताको समान २-२ अंक छ भने राजस्थान, हैदरावाद र चैन्नइले खाता खोल्न सकेको छैन ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ६ : १२ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,