२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

आइपिएल २०२१ : हैदरावादलाई ६ विकेटले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा रोयल च्यालेञ्जर्स बैंगलोरले लगातार दोस्रो जित हासिल गरेको छ ।

बुधबार राति भएको प्रतियोगिताको छैठौँ खेलमा बैंगलोरले सन राइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

मुथैया अन्नामलाई चिदम्बरम स्टेडियम चेन्नइमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

सामान्य सुरुवात गरेको बैंगलोरका लागि ग्लेन म्याक्सवेलले अर्धशतकीय योगदान गरे । ४१ बलको सामना गरेका म्याक्सवेलले ३ छक्का र ५ चौकाको मद्धतमा ५९ रन बनाए । यस्तै, कप्तान विराट कोहलीले ३३, साहवाज अहमदले १४, काइल जेमिसनले १२ तथा देवदत्त पडिक्कलले ११ रन जोडे ।

हैदरावादका ज्यासन होल्डरले ३, राशिद खानले २ तथा भुवनेश्वर कुमार, टी नटराजन र साहवाज नदीमले समान एक-एक विकेट लिए । १ सय ५० रनको मध्ययम लक्ष्य पाएको हैदरावादले ९ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेपनि दोस्रो विकेटका लागि डेविड वार्नर र मनिष पाण्डेले ८३ रनको साझेदारी गर्दै जित नजिक पुर्याए । वार्नर ५४ तथा पाण्डे ३८ रनमा आउट भए । यस्तै, राशिद खानले १७ तथा जोनी बेइस्ट्रोले १२ रन बनाएपनि टोलीलाई दोस्रो हारबाट बचाउन सकेनन् ।

हैदरावादलाई सस्तैमा रोक्ने क्रममा बैंगलोरका शाहबाज अहमदले ३, हर्सल पटेल र मोहम्मद सिराजले समान २-२ तथा काइल जेमिसनले एक विकेट लिए ।

हैदरावादमाथिको जितसँगै बैंगलोर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरको दुई खेलबाट ४ अंक छ । दिल्ली, मुम्बइ, पञ्जाव र कोलकाताको समान २-२ अंक छ भने राजस्थान, हैदरावाद र चैन्नइले खाता खोल्न सकेको छैन ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ६ : १२ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री