१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

केपी ओली र महन्त ठाकुर सबैभन्दा असंगतिला पात्र : घनश्याम भुसाल



बुटवल । नेकपा एमालेका उपमासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्त ठाकुर सबैभन्दा असंगतिला पात्र भएको आरोप लगाएका छन् । एमालेको नेपाल पक्षको प्रेस चौतारीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव भुसालले प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेतालाई लखेटेर उनै असंगतिला महन्थहरुसँग सँग गठबन्धन गरेर सरकार बनाउन खोजेको बताए ।

उनले संसदमा वामपन्थीको बहुमत हुदाहुँदै पार्टीका नेतालाई लखेटेर महन्थहरुसँग गठबन्धन गर्नुले राजनीतिमा विसंगति आउन थालेको बताए ।

भुसालले ओलीले कुर्सीको अहङ्कार त्यागे वाम गठबन्धन अझै सम्भव रहेको बताउँदै ओलीले बिगारेको राजनीति जिम्मेवारी लिने हिम्मत गर्ने र कुर्चीमा बस्ने अहङ्कार छाडे वाम गठबन्धन सम्भव रहेको दाबी गरे ।

ओलीबाट निल्म्बित नेता भुसालले ओलीले आफू सत्तामा रहिरहने चाहनाको तृष्णाले राजनीतिक सहमति कमजोर बनेको ठोकुवा गरे।

फरक प्रसंगमा भुसालले आफूहरू एमालेको गरिमा र प्रतिष्ठा बचाउन लागिपरेको बताउँदै आफुहरुओलीले बिगारेको राजनीति फिर्ता गर्न चाहेको जिकीर गरे । उनले ओलीले बिगारेको राजनीतिको क्षतिपूर्ति भर्नकै लागि ७० जिल्लामा आफुहरुले कमिटी ब्युँताउँदै लगेको तर्क गरे ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १ : २४ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले