६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

आजबाट मेरो कित्ता प्रणाली लागु, यसरी निकाल्न सकिन्छ घरमै बसेर आफ्नो जग्गाको नक्शा !



काठमाडौं । घरमै बसेर आफ्नो जग्गाको नक्शा प्रिन्ट गर्न र राजस्व समेत बुझाउन पाउने प्रणाली आजबाट सुरु भएको छ ।

नापी विभागले ‘मेरो कित्ता प्रणाली’को सुरुवात गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीे यो प्रणालीको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधरबार देशबासीका नाममा सम्बोधन गर्दै मेरो कित्ता प्रणाली ल्याउन लागिएको जनाएका थिए ।

जग्गाको नक्शा प्रिन्ट गर्न र राजस्व बुझाउने ‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’ बिहीबारदेखि काठमाडौंका कलंकी, डिल्लीबजार र भक्तपुर नापी कार्यालयमा लागु भएको छ ।

यी तीन स्थानमा सफल भएपछि उपत्यकाका बाँकी कार्यालयमा यसै आर्थिकवर्षभित्र र बाँकी जिल्लामा अर्कोआर्थिक वर्षसम्म विस्तारै प्रयोगमा ल्याइने विभागका महानिर्देशक प्रकाश जोशीले बताएका छन् ।

अब उपभोक्ताले घरबाटै आफ्नो धनीपूर्जाको नक्शा निकाल्न सक्नेछन् भने त्यसका लागि आवश्यक राजश्व समेत घरबाटै तिर्न सक्नेछन् । यसअघि उपभोक्तालाई नापी कार्यालयम गएर घण्टौं धाउनुपर्ने बाध्यता थियो ।

मेरोकित्ता डट कममा उपभोक्ताले आफ्नो लगत समावेश गर्न सक्नेछन् । त्यसपछि लगइन गरेपछि नक्शा प्रिन्छ गर्न र राजश्व तिर्न सकिने महानिर्देशक जोशीले बताए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १ : ५३ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस