१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो दुवै दलले बनाएका कार्यदलका सदस्यसहित दुई अध्यक्ष बीच बालुवाटारमा वार्ता भएको हो ।

भेटवार्तामा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले जसपाका एजेन्डालाई अब कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको बताए ।

‘आजको भेटमा हामीले अगाडि सारेका एजेन्डालाई अब कसरी लैजाने भन्नेबारे कुराकानी भएको हो,’ उनले भने, ‘सरकारबारे हामीले केही कुरा गरेनौँ ।’

यसअघि प्रधानमन्त्री ओलीले जसपासँग कुरा गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको कार्यदल बनाएका थिए । जसपाको कार्यदलमा सर्वेन्द्रनाथ शुक्ला र लक्षमणलाल कर्ण छन् ।

प्रधानमन्त्री ओलीलाई सघाउने कि उनको विकल्प खोज्ने भन्नेमा जसपामा दुई धार छन् । नेताहरू बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीलाई तत्कालै हटाइहाल्ने पक्षमा छन् भने अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो ओली सरकारप्रति नरम छन् ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ । त्यस्तो अवस्थामा जसपालाई आफूतिर तान्ने प्रधानमन्त्रीको प्रयास छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ७ : ०० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग