७ आश्विन २०८३, बुधबार | September 23, 2026

सिंचाई कुलो भत्किएपछि खेति योग्य जमिन बाँझो



बझाङ । बझाङ जिल्लामा खेति योग्य जमिन वाझो भएपछी किसानहरु चिन्तित भएका छन । बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालीकाको वडा नँ मा ५ छात्रवस्टीका किसानहरु सिचाइ कुलो भत्किएपछि चिन्तित बनेका हुन ।

पाटादेवल जोड्ने ग्रामीण सडक निर्माण भएपछि पहिरोले नहर बगाउँदा करिब दुई हजार रोपनी खेतीयोग्य जग्गा बाँझोमा परिणत भएको त्यहाँका स्थानीयवासिन्दाहरुले बताएका छन ।

‘खेतियोग्य जमिन बाझो रह्यो अब के खाने ? अहिलेसम्म कुनै निकाय बाट पहल भएको छैन।’ स्थानीयवासी हिरु थापाले भनीन्, ‘अहिलेसम्म न त सिचाई कुलो निर्माण भयो नत कही कतै वाट सहयोग आयो सिचाई कुलो निर्माण नहुदा दुःख पाईने भो ।’

त्यस्तै अर्का स्थानीय सुर्य वहादुर थापाले पनि खेतीयोग्य जमिन बाँझो रहँदा पनि नत स्थानीय सरकारले सहयोग गरेको न प्रदेश सरकार हेरेको गुनासो गरे । ‘नेताहरु गाँउमा आए पनि कुनै पहल भएन ।’ उनले भने ।

अषाढ नजिकै आईरहेका बेला अरुले खेती लगाउँदा आफुहरु टुलुटुलु हेरेर वस्नुको बिकल्प नभएको स्थानीयहरुको भनाई छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १० : ३८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११