२० बैशाख २०८१, बिहिबार | May 2, 2024

आइपिएल २०२१ : राजस्थान रोयल्सको पहिलो जित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ ।

बिहीबार राती भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हरायो ।

जितका लागि दिल्लीबाट पाएको १४८ रनको लक्ष्य राजस्थानले ७ विकेट गुमाएर २ बल बाँकी छँदै भेट्टायो ।

उसका लागि डेभिड मिलरले ६२ रन बनाए भने क्रिस मोरिसले ३६ रन बनाए ।

दिल्लीका अभेस खानले तीन तथा कागिसो रबाडाले दुई विकेट लिएपनि टिमको हार टार्न सकेनन् ।

त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि कप्तान रिषभ पन्तले ५१ रन बनाए ।

राजस्थानका जयदेव उनादकान्तले ३ विकेट लिए । दिल्ली पहिलो खेलमा विजयी भएपनि दोस्रो खेलमा पराजित भयो । पहिलो जित निकालेको राजस्थान २ अंकसहित पाँचौ स्थानमा छ ।

दिल्ली चौथो स्थानमा छ । दुई खेलबाट ४ अंक जोडेको बेंगलोर शीर्ष स्थानमा छ ।

आइपीएल क्रिकेटमा आज पञ्जाब र चेन्नेई खेल्दैछन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ४६ बजे

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध