२० मंसिर २०८२, शनिबार | December 7, 2025

भारतमा कोरोना संक्रमण तिब्र : एकैदिन ११ सयको मृत्यु, २ लाख नयाँ संक्रमित थपिए



काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख १६ हजार ८५० जना नयाँ संक्रमित थपिएका छन ।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४२ लाख ८७ हजार ७४० पुगेको छ ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २२ लाख २२ हजार ४३४ संक्रमित रहेका छन । तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३७ लाख ५८ हजार ९३ संक्रमित रहेका छन ।

कोरोना संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ११ सय ८३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ लाख ७४ हजार ३३५ पुगेको छ ।

संक्रमितमध्ये एक करोड २५ लाख ४३ हजार ९७८ जना निको भइसकेका छन् भने सक्रिय संक्रमितहरुको संख्या १५ लाख ९६ हजार ४२७ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : ४७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल