१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

एमालेद्वारा वाग्मती प्रदेश संसदीय दलको बोर्ड गठन



हेटौंडा । नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गर्ने निर्णय गरेको छ ।

संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, वाग्मती प्रदेशका प्रमुख सचेतक केशव पाण्डले जानकारी दिए ।।

प्रदेश बोर्डमा एमाले संसदीय दल दलका नेता डोरमणि पौडेल, प्रमुख सचेतक केशवराज पाण्डे, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरूण नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजङ्ग थापा र सरस्वती बाटी रहनुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीन जना सदस्य मनोनीत गर्नेछन्। बोर्डमा दलको उपनेता र सचेतक पदेन सदस्य रहने व्यवस्था रहेको जनाइएको छ । संसदीय दलको आजको बैठकले संसदीय दलको संशोधित विधानलाई पास गर्ने निर्णयसमेत गरेको प्रमुख सचेतक पाण्डेले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १२ : ३९ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम