१ पुस २०८२, मंगलबार | December 16, 2025

थलारामा सुख्खा खडेरीले बालीमा भएको क्षतिको विवरण सङ्कलन गरिदै



बझाङ । बझाङको थलारा गाउँपालिकामा यस वर्ष सुख्खा खडेरीले नगदेवालीमा परेको क्षति र असर प्रभाव बारेमा सूचना सङ्कलन गर्न लागिएको छ ।

खडेरीले खाद्य बालीमा परेको क्षतिका बारेमा सूचना संकलन गर्न सुदूरपश्चिम खाद्य अधिकार संजालका संयोजक बल बहादुर रोकाया, जिल्ला खाद्य अधिकार संजालका संयोजक जगदीश रोकाया , थलारा एफएमका प्रबन्ध निर्देशक पदम खड्का लगाएतको टोली सूचना संकलनमा रहेका छन् ।

टोलीले हिजो पाराकाट्नेको धामीगाउँ साथै डिख्ला गाउँका स्थानीय समुदाय सँग भेटघाट र छलफल गरि खडेरीले तुलबालीमा परेको क्षतिको बारेमा जानकारी लिएको छ ।

किसानहरू सँग छलफलमा किसानहरु यस वर्ष सुख्खा खडेरीले उत्पादनमा धेरै क्षति भएको र भोकमरी हुनसक्ने चिन्ता ब्यक्त गरेका छन् । टोलीले स्थलगत अध्यनमा तुलबालीको यस वर्ष गहुँ र जौ मा करिब ९० प्रतिशत क्षति भएको प्रारम्भिक अनुमान गरेको जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ९ : ४० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज