७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

भोलि बोलाएको बैठक स्थगित गर्न एमाले अनुशासन आयोग अध्यक्ष बोहोराको आग्रह



काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले भोलि बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठक रोकन आग्रह गरेका छन् ।

बोहोराले आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको बैठक रोकेर पार्टी एकतालाई बचाउन आग्रह गरेका हुन् ।

बोहोराले वक्तव्यमा उत्तेजना, आवेश र अभिमान हावी भएर कुनै पनि निर्णय गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । उनले अदालतको फैसालअनुसार पार्टीका संरचनाहरुलाई जेठ २, २०७५ को अवस्थामा कायम गर्नुपर्नेमा फागुन २०७७ फागुन २८ मा अध्यक्ष ओलीले एकलौटी निर्णय गर्दा समस्या उत्पन्न भएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने जिकिर गरेका छन् ।

बोहोराले वक्तव्यमा भनेका छन्, ‘अहिलेको बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोजिनुपर्नेमा २०७८ वैशाख ८ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ । यसलाई तत्काल रोकिनुपर्छ ।’

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : ५० बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा