१२ बैशाख २०८१, बुधबार | April 24, 2024

आइपिएल २०२१ : ३८ रनले कोलकातालाई पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा



काठमाडौं । रोयल च्यालेञ्जर्स बैंगलोरले १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ ।

आइतबार भएको पहिलो खेलमा बेंगलोरले कोलकता नाइट राइडर्सलाई ३८ रनले पराजित गरेको हो ।

चेन्नइमा टस जितेर पहिले ब्याटिङ रोजेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रनको विशाल योगफल बनाएको थियो ।

खराब सुरुवात गरेको बैंगलोरका विराट कोहली ५, रजत पटिदर १ रन तथा देवदत्त पडिक्कल २५ रनमा आउट भएपनि मध्यक्रमका ग्लेन म्याक्सवेल र एबी डि भिलियर्सले अर्धशतकीय पारी खेलेपछि उच्च योगफल बनायो ।

म्याक्सवेले ७८ तथा डि भिलियर्स ७६ रनमा अविजित रहँदा काइल जेमिसनले ११ रनको योगदान दिए । २ सय ५ रनको लक्ष्य पछ्याएको कोलकाताले १ सय ६६ रन मात्र बनाउन सक्यो । राम्रो सुरुवात गरेको कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाए ।

यसैगरी, कप्तान इयान मोर्गानले २९, साकिब अल हसनले २६, राहुल त्रिपाठीले २५, शुभमन गिलले २१ तथा नितिश रानाले १८ रन जोडेपनि त्यो पर्याप्त भएन ।

बैंगलोरका काइल जेमिसनले ३, युजवेन्द्र चाहल र हर्सल पटेलले २-२ तथा वासिङ्टन सुन्दरले एक विकेट लिए । जितसँगै बैंगलोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरको ३ खेलबाट ६ अंक छ । यस्तै, दोस्रो स्थानको मुम्बइको ४ अंक रहेको छ ।

तालिकामा समान २ अंक जाेडेकाे चेन्नइ तेस्राे, दिल्ली चाैथाे, राजस्थान पाँचाैँ, काेलकाता छैठाैँ र पञ्जाब साताैँ स्थनमा रहेका छन् भने हैदरावाद अंकविहीन रहँदै पुछारमा रहेकाे छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : २४ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको