२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

आइपिएल २०२१ : ३८ रनले कोलकातालाई पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा



काठमाडौं । रोयल च्यालेञ्जर्स बैंगलोरले १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ ।

आइतबार भएको पहिलो खेलमा बेंगलोरले कोलकता नाइट राइडर्सलाई ३८ रनले पराजित गरेको हो ।

चेन्नइमा टस जितेर पहिले ब्याटिङ रोजेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रनको विशाल योगफल बनाएको थियो ।

खराब सुरुवात गरेको बैंगलोरका विराट कोहली ५, रजत पटिदर १ रन तथा देवदत्त पडिक्कल २५ रनमा आउट भएपनि मध्यक्रमका ग्लेन म्याक्सवेल र एबी डि भिलियर्सले अर्धशतकीय पारी खेलेपछि उच्च योगफल बनायो ।

म्याक्सवेले ७८ तथा डि भिलियर्स ७६ रनमा अविजित रहँदा काइल जेमिसनले ११ रनको योगदान दिए । २ सय ५ रनको लक्ष्य पछ्याएको कोलकाताले १ सय ६६ रन मात्र बनाउन सक्यो । राम्रो सुरुवात गरेको कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाए ।

यसैगरी, कप्तान इयान मोर्गानले २९, साकिब अल हसनले २६, राहुल त्रिपाठीले २५, शुभमन गिलले २१ तथा नितिश रानाले १८ रन जोडेपनि त्यो पर्याप्त भएन ।

बैंगलोरका काइल जेमिसनले ३, युजवेन्द्र चाहल र हर्सल पटेलले २-२ तथा वासिङ्टन सुन्दरले एक विकेट लिए । जितसँगै बैंगलोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरको ३ खेलबाट ६ अंक छ । यस्तै, दोस्रो स्थानको मुम्बइको ४ अंक रहेको छ ।

तालिकामा समान २ अंक जाेडेकाे चेन्नइ तेस्राे, दिल्ली चाैथाे, राजस्थान पाँचाैँ, काेलकाता छैठाैँ र पञ्जाब साताैँ स्थनमा रहेका छन् भने हैदरावाद अंकविहीन रहँदै पुछारमा रहेकाे छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : २४ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री