७ आश्विन २०८३, बुधबार | September 23, 2026

सुर्खेतमा ५८ वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । कोरोना संक्रमित सुर्खेतकी ५८ वर्षीया एक महिलाको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । गुर्भाकोट नगरपालिका ९ स्थायी निवास भएकी उनको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको स्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ।

गम्भीर अवस्थामा पुगेपछि मात्रै उनी वैशाख २ गते प्रदेश अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालयका अनुसार वैशाख तीन गते कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । आज भएको मृत्युसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : ४० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई