२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोरोनाबाट कर्णालीमा अहिलेसम्म ३ सय जनाको मृत्यु



काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो ।

पहिलो लहरमा ४० जनाको मृत्यु भएकामा दोस्रो लहर शुरु भए पछि मृतकको सङ्ख्या बढेर ३०० पुगेको हो ।

प्रदेशमा हालसम्म २४ हजार ३४३ जनाले कोरोना सङ्क्रमण जितेका छन् । पछिल्लो चौबिस घण्टामा ३९२ बिरामी सङ्क्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको अद्यावधिक तथ्याङ्कनुसार २७ हजार ४२१ कूल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५८२ रहेको छ ।

स्वास्थ्य निर्देशक डा.रवीन खड्काले पछिल्लो केही साता मृत्युदरमा कमी आए पनि सङ्क्रमण दर भने नघटेको बताए । “सङ्क्रमण र मृत्युदरमा केही कमी आए पनि जोखिम कायमै छ”, उनले भने, “कोरोनाको दोस्रो लहरको शुरूवातीमा ९८ प्रतिशतसम्म पुगेको थियो, अहिले २० प्रतिशतमा झरेको छ, तैपनि पर्याप्त सतर्कता अपनाउनु जरुरी छ ।”, सङ्क्रमण रोकथामका लागि सुर्खेतसहितका अधिकांश जिल्लाले वैशाख १४ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिएका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  २ : ४२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका