१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आइपिएल २०२१ : दिल्लीको दोस्रो जित, पञ्जाब ६ विकेटले पराजित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

दिल्लीले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । १ सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले १८।२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

राम्रो सुरुवात गरेको दिल्लीका लागि शिखर धवन र पृथ्वी शाँले ५।३ ओभरमा ५९ रनको अर्धशतकीय साझेदारी गरे । शाँ अर्शदीप सिंहको बलमा क्रिस गेलको हातबाट क्याच आउट भए । आउट हुनअघि उनले १७ बलमा ३२ रन बनाएका थिए ।

यस्तै, धवन शतक प्रहार गर्नबाट ८ रनले चुके । उनलाई झाइ रिचर्डसनले बोल्ड आउट गरे । ४९ बलमा २ छक्का र १३ चौकासहित ९२ रनको योगदान दिए ।

यस्तै दिल्लीका कप्तान रिषभ पन्त १५ रनमा आउट हुँदा स्टेभन स्मिथले ९ रन बनाए । मर्कूस स्टोइनिस र ललित यादवले २७ र १२ रनको अविजित पारी खेले ।

यसअघि मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो ।

पहिलो विकेटका लागि लोकेश राहुल र मयंक अग्रवालले १ सय २२ रनको शतकीय साझेदारी गरेपनि पञ्जाबले १ सय ९५ रनको विशाल योगफल बनाएको थियो ।

अग्रवालले ३६ बलमा ४ छक्का र ७ चौकसहित ६९ तथा राहुलले ५१ बलमा २ छक्का र ७ चौकाको मद्धतमा ६१ रन बनाए । यस्तै, दीपक हूडा र शाहरुख खानले नटआउट २२ र १५ रनको पारी खेले ।

जितसँगै दिल्ली तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बइ इन्डियन्ससँग समान ४ अंक भएपनि दिल्ली नेट रनरेटमा अघि रहँदै दोस्रो स्थानमा रहेको हो । मुम्बइ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : २७ बजे

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण