७ चैत्र २०८२, शनिबार | March 22, 2026

आइपिएल २०२१ : दिल्लीको दोस्रो जित, पञ्जाब ६ विकेटले पराजित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

दिल्लीले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । १ सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले १८।२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

राम्रो सुरुवात गरेको दिल्लीका लागि शिखर धवन र पृथ्वी शाँले ५।३ ओभरमा ५९ रनको अर्धशतकीय साझेदारी गरे । शाँ अर्शदीप सिंहको बलमा क्रिस गेलको हातबाट क्याच आउट भए । आउट हुनअघि उनले १७ बलमा ३२ रन बनाएका थिए ।

यस्तै, धवन शतक प्रहार गर्नबाट ८ रनले चुके । उनलाई झाइ रिचर्डसनले बोल्ड आउट गरे । ४९ बलमा २ छक्का र १३ चौकासहित ९२ रनको योगदान दिए ।

यस्तै दिल्लीका कप्तान रिषभ पन्त १५ रनमा आउट हुँदा स्टेभन स्मिथले ९ रन बनाए । मर्कूस स्टोइनिस र ललित यादवले २७ र १२ रनको अविजित पारी खेले ।

यसअघि मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो ।

पहिलो विकेटका लागि लोकेश राहुल र मयंक अग्रवालले १ सय २२ रनको शतकीय साझेदारी गरेपनि पञ्जाबले १ सय ९५ रनको विशाल योगफल बनाएको थियो ।

अग्रवालले ३६ बलमा ४ छक्का र ७ चौकसहित ६९ तथा राहुलले ५१ बलमा २ छक्का र ७ चौकाको मद्धतमा ६१ रन बनाए । यस्तै, दीपक हूडा र शाहरुख खानले नटआउट २२ र १५ रनको पारी खेले ।

जितसँगै दिल्ली तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बइ इन्डियन्ससँग समान ४ अंक भएपनि दिल्ली नेट रनरेटमा अघि रहँदै दोस्रो स्थानमा रहेको हो । मुम्बइ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : २७ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा