२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा आज बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

समसामयिक एजेण्डामा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाएको थापाले बताए ।

बैठकमा कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण कसरी गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

यही शनिबार बसेको सीसीएमसी बैठकले कोरोनाको दोस्रो लहड तिब्र गतिमा बढेको भन्दै शहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

यस्तै बैठकले कोरोनाबाट जोगिन स्वास्थ्य मन्त्रालयको सल्लाहमा सीसीएमसी बैठकले नै तय गरेका जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने बताइएको छ ।

मुलुकको राजनीति तरंगित भइरहेका बेला बस्ने बैठकमा थप विषयमा पनि छलफल हुनसक्ने  बुझिएको छ ।

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : ५० बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय