१६ चैत्र २०८२, सोमबार | March 30, 2026

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले आजै दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सर्वोच्च अदालतले गत फागुन ११ गते प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै फागुन २३ गते संसदको अधिवेशन बोलाउन आदेश दिएको थियो । सोही आदेशअनुसार सरककारले अधिवेशन बोलाउन बाध्य भएको थियो । तर, राष्ट्रिय सभाको अधिवेशन नबोलाएर सरकारले प्रतिनिधिसभाको मात्रै अधिवेशन बोलाएको थियो ।

अधिवेशनमा सरकारले संसद संचालनका लागि कुनै विजनेश नदिएको भन्दै आलोचना हुँदै आएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले नै सरकारले पेश गरेका विधेयक अघि नबढाएर संसद चलाउन नचाहेको आरोप लगाउँदै आएका छन् । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन भनिने गरेपनि सरकारले यौटा पनि विधेयक यो अधिवेशनमा पेश गरेन ।

अब जेठ १५ गते बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक बाध्यताका कारण केही दिनभित्रै संसदको वर्षे अधिवेशन आह्वान गर्नुपर्छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : ४९ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन