७ आश्विन २०८३, बुधबार | September 23, 2026

कायर सरकारले संसद स्थगित ग-यो : नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले हठात संसद अधिवेशन स्थगित गरेर संसदको मानमर्दन गरेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौं शाखाले सोमबार काठमाडौंमा आयोजन गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले संसदको फेस गर्न नसकेर कायरता प्रर्दशन गरेको बताए ।

सिंहले सरकारबाट पटपटक संसदमाथि हमला भएको जिकिर गर्दै फेरि एकपटक संसदीय व्यवस्थामाथि प्रहार गरेको बताए । ओली सरकारको यो भन्दा अलोकतान्त्रिक चरित्र अर्को नहुने उनले बताए ।

नेता सिंहले ओली सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन षड्यन्त्र गरिरहेको आरोप समेत लगाए । उनले सबै मिलेर त्यसको प्रतिवाद गर्नुपर्ने बताए ।

सिंहले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले पत्रकारहरुलार्य निस्पक्ष ढंगले कलम चलाएर देश र जनताको पक्षमा लेख्न, कसैको धाक धम्कीबाट नडराउन सुझाव दिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १२ : ५२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई