१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा थपिए २५६ नयाँ कारोना संक्रमित, भेरीमा ३७५ जनाको स्वाव परीक्षण गर्दा २१९ मा कोरोना



नेपालगन्ज । बाँकेमा कोरोनाको ग्राफ उकालो लाग्ने क्रमले हरेक दिन निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टामा मात्र बाँकेको भेरी अस्पतालको पीसीआर ल्यावमा २१९ जना र बागेश्वरी डाइग्नोशिस केन्द्रमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ । दोस्रो लहरको महामारीमा आज पुष्टि भएको संक्रमितको संख्या अहिले सम्मकै उच्च हो ।

पछिल्लो १ हप्ता देखि बाँकेमा ३ अंकको संख्यामा संक्रमित थपिने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा ३७५ जनाको स्वाव परीक्षण गर्दा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । उता बागेश्वरी डाईग्नोशिस केन्द्रमा गरिएको स्वाव परीक्षण्मा ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।

नयाँवर्ष लागे संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा पनि बृद्दी भएको छ । शनिबार ३ घण्टाकाबीच ३ जनाले ज्यान गुमाएको बाँकेमा आईतबार २ जना र सोमबार २० वर्षिया स्टाफनर्शले कोरोनाकै कारण ज्यान गुमाएकी छिन् ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : ५३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज