११ बैशाख २०८१, मंगलबार | April 24, 2024

बङ्लादेशमा लकडाउनको म्याद फेरि थप



एजेन्सी । बङ्लादेशका उच्च सरकारी अधिकारीले लकडाउनको म्याद फेरि थप गरिएको घोषणा गरेका छन् ।

कोरोनाभाइरसको महामारीको दोस्रो लहर थप बढ्दै गएकाले लकडाउनको म्याद फेरि बढाउनु परेको अधिकारीहरूको भनाइ छ ।

बङ्लादेशका सार्वजनिक प्रशासन राज्यमन्त्री फर्हाद हुसेनले अप्रिल २२ देखि २८ सम्म पनि लागु हुनेगरी लकडाउनको म्याद थपिएको जानकारी दिए ।

बङ्लादेशमा यसअघि यही अप्रिल १४ देखि २१ सम्म एक हप्ते लकडान घोषणा गरिएको थियो । लकडाउनसँगै भिडभाड गर्न नपाइने, अत्यावश्यक काम विना घर बाहिर निस्कन नपाइने, सामाजिक दुरी अनिवार्य कायम गर्नु पर्नेलगायतका केही व्यवस्थाहरूमा पनि कडाइ गरिएको छ ।

बङ्लादेशमा कोरोनाभाइरसबाट अहिलेसम्म सात लाख २३ हजार २२१ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये १० हजार ४९७ जनाको मृत्यु भएको छ भने ६ लाख २१ हजार ३०० सङ्क्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : १९ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना