१६ चैत्र २०८२, सोमबार | March 30, 2026

संसद अधिवेशन अन्त्य गरेर ओलीले गणतन्त्र र राष्ट्रियता नै धरापमा पारे : राजमो



काठमाडौं । सरकारले संसद अधिवेशन हठात अन्त्य गरेकोमा राष्ट्रिय जनमोर्चाले भत्र्सना गरेको छ ।

राजमो अध्यक्ष चित्रबहादुर केसीले मंगलबार प्रेस विज्ञप्ति जारी गरी संसदीय परम्परा विपरित संसद अधिवेशन अन्त्य गरेर सरकराले अधिनायकवादी तथा निरंकुश शैली देखाएको भन्दै भत्र्सना गरेका छन् ।

अध्यक्ष केसीले सरकारले देशलाई मध्यावधी निर्वाचततिर धकेल्न लागेको आरोप समेत लगाएका छन् । केसीले विज्ञप्तिमा भनेका छन्, ‘‘संसदमा सरकारका विषयमा उठेका सवालहरुको जवाफ दिनु सरकार प्रमुखको नाताले प्रधानमन्त्रीको दायित्व हुन्छ । संसदीय परम्परा अनुसार पनि त्यसको जवाफ नदिई संसदको नियमित बैठकका लागि तोकिएको मितिमा बैठक बस्न नदिई हठात रुपमा संसद अधिवेशनको अन्त गरेका छन् । उनको यो अधिनायकवादी तथा निरंकुश कदमको हामी घोर विरोध तथा भत्र्सना गर्दछौं ।’

राजमोले संसदलाई भंग गरेर जुनसुकै समयमा पनि मध्यावधि लैजाने हथकण्डा अपनाउन खोजेको आरोप लगाउँदै ओलीको क्रियाकलापले गणतन्त्र र राष्ट्रियता नै धरापमा परेको निस्कर्ष निकालेको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १० : ०८ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन