१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

बाँकेमा बैशाख ९ बाट ‘लकडाउन’ गर्न डीसीसीएमसीको सिफारिस



नेपालगन्ज । कोरोना कहरले दिनदिनै रेकर्ड ब्रेक गर्न थालेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति अन्ततः ‘लकडाउन’ गर्ने निश्कर्षमा पुगेको छ । डीसीसीएमसीको आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको महामारी रोकथामको निम्ती बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बिगत एक हप्ताबाट हरेक दिन सयौंको संख्यामा कोरोना संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेललाले जानकारी दिए । ‘सिफारिस आएको छ, के कस्तो अवस्थामा र कहिले सम्म भन्ने बिषयमा होमवर्क गर्दै छौ, ९ गतेबाट लक डाउन हुन्छ ।’ प्रजिअ गेलालले भने ।

कोरोना संक्रमणको दर र त्यसबाट मृत्युदर समेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउन आवश्यक रहेको बताउन थालेका थिए । एकै दिन ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भिर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि यतीबेला बाँकेका सबै कोरोना बिशेष वार्डहरु भरिभराउ भएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  २ : ४२ बजे

बालेन्द्र शाहले लिए ४३ औं प्रधानमन्त्रीको शपथ

काठमाडौँ । रास्वपाका वरिष्ठ नेता एवं ससदीयदलका नेता बालेन्द्र शाह

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको