१७ बैशाख २०८१, सोमबार | April 29, 2024

घुँडाले घाँटी अँठ्याएर जर्ज फ्लोइडको हत्या गर्ने अमेरिकी गोरा प्रहरी अधिकारी दोषी ठहर



अमेरिकामा काला जातिका पुरुषलाई घाँटी अँठ्याएर हत्या गरेको अभियोग लागेका एक गोरा प्रहरी अधिकारी दोषी ठहर भएका छन् ।

अमेरिकाको मिनिसोटामा अश्वेत पुरुष जर्ज फ्लोइडलाई २०२० मे २५ मा गोरा प्रहरी अधिकारी डेरेक सोभिनले ८ मिनेटसम्म घाँटी अँठ्याएका थिए । त्यसपछि फ्लाइडको मृत्यु भएको थियो ।

गए राति मिनिसोटाको एक अदालतले सोभिनलाई दोषी ठहर गरेको हो । अदालतको आदेश लगत्तै सोभिनलाई हतकडी लगाइएको थियो। उनलाई ४१ वर्षसम्म कैद हुन सक्छ। अभियोग पुष्टि हुनुअघि उनी जमानतमा रहेका थिए ।

नक्कली २० डलरको नोटले सामान किन्न लागेको अभियोगमा प्रहरीले समाप्दा घाँटी अँठ्याएका थिए ।

फ्योडको मृत्युपछि अमेरिकाभरि काला जाति विरुद्ध अत्याचार बढेको भन्दै कैयौं शहरमा प्रदर्शन भएका थिए । सो हत्याको विरोधमा पूर्व राष्ट्रपति बराक ओवामा, विल क्लिन्टन लगायत कैयौं वरिष्ठ व्यक्तिहरुले समेत निन्दा गरेका थिए ।

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ८ : ३१ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।