१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

निर्माण व्यवसायीको आरोप : सरकारले ६५ अर्ब भन्दा बढी रकम भुक्तानी दिएन



काठमाडौं । निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दा बढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी सरकारबाट विभिन्न आयोजनामा परिपक्व भएको बिल बापतको ६५ अर्ब रुपैयाँ बढी रकम पाउन बाँकी रहेको बताएका हुन् ।

कतिपय आयोजनाको म्याद थप नगरिदिएको कारण परिपक्व भएको बिल भुक्तानीका लागि पेस गर्न नपाएको समेत उनीहरुको भनाइ छ । महासंघका अध्यक्ष रवि सिंहले चालु आर्थिक वर्षमा म्याद थप नभएका आयोजनामा मात्रै ६५ अर्ब रुपैयाँ बढी भुक्तानी लिन बाँकी रहेको बताए । त्यसबाहेक पनि भुक्तानीका लागि माग भएको अवस्थामा समेत भुक्तानी नभएको सिंहले दाबी गरे । समय अवधि पुरा भएका आयोजनाको म्याद थप नभएको अवस्थामा कानूनी रुपमा नै निर्माण कम्पनीले बिल पेस गर्न नपाउने हुँदा रकम निकाशाका लागि माग गर्न नसकेको उनले गुनासो गरे ।

सरकारले आयोजनाको म्याद थप नगर्ने र भुक्तानी पनि नहुने स्थिति आएमा आफूहरु सडक आन्दोलन गर्न बाध्य हुने अध्यक्ष सिंहले बताए । म्याद सकिएका कुनैपनि आयोजनाको तत्काल म्याद थप गर्न पनि माग गरे ।

पत्रकार सम्मेलनमा महासंघको २२ औं साधारणसभाले जारी गरेको ४१ बुँदे घोषणा पत्र सार्वजनिक गरिएको छ । जसमा ‘सार्वजनिक खरिद ऐन–२०६३’का कतिपय प्रावधनलाई संशोधन गरिनुपर्ने माग रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ५ : ४३ बजे

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सहसचिव निर्मल ढकाल