७ आश्विन २०८३, बुधबार | September 23, 2026

ओली र नेपालबीचको बोली बाराबार तोडियो, दुई नेताहरुको भेटवार्ता जारी



काठमाडौं । एमाले दोस्रो पुस्ताका नेताहरुले लगातार दवाव दिएपछि तीब्र संघर्षका मैदानमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल एउटै टेवलमा बसेर भेटवार्ता गरेका छन् । पार्टी विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच नै भेट भएको भएको हो ।

आज दिउँसो नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराई बालुवाटार पुगेर ओलीसँग लामो छलफल गरेपछि ओलीले माधव नेपाललाई भेट गर्न बोलाएका थिए ।

नागपोखरीस्थित होटल मारियटमा ओली र नेपालबीच बार्ता सुरु भएको र सो बार्तामा अर्थमन्त्री बिष्णु पौडेलको समेत सहभागीता रहेको एमालेका एक नेताले बताए ।

अध्यक्ष ओलीले पूर्व प्रधानमन्त्री नेपाल, अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायत पार्टीका अन्य वरिष्ठ नेताहरुसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेकै बेला पार्टीका दुई शीर्ष नेताबीच भेट हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

ओलीले चलाएको कारवाही प्रक्रिया विरुद्ध नेपाल पक्षले आजै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउने प्रयास समेत गरेको छ । नेपाल पक्षले तयार गरेको रिट समयाभावका कारण भोलि बिहान दर्ता हुने नेपाल पक्षका कानुन व्यवसायीले बताएका छन् ।

नेपाल पक्षका नेताहरुलाई कारबाही गर्ने अन्तिम तयारी भइरहेको भनिएका बेला यो भेट भएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ६ : ३६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई