१७ असार २०८३, बुधबार | July 1, 2026

धरहरा हेर्दै सुरु भएको ओली-नेपाल मेरियट वार्ता सकियो



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

काठमाडौंको पाँचतारे मेरियट होटलमा बिहीबार दिउँसो भएको भेटवार्तामा भएको कुराकानी बारे सार्वजनिक भएको छ ।

पार्टी फुटको अवस्थामा पुगेको बेलामा अध्यक्ष ओली र नेता नेपालबीच बुधरबार साँझ पनि मेरियटमै वार्ता भएको थियो । बिहीबार वार्ता हुनुअघि दुवै नेताले सँगसँगै मेरियटको झ्यालबाट नवनिर्मित धरहरा हेर्दै गरेको फोटो सार्वजनिक गरिएको थियो ।

बुधबार र बिहीबार भएको वार्ताले दुई नेताबीच लामो समयसम्म रहेको संवादहीनताको अवस्थालाई भने तोडेको छ । यद्यपी, बिहीबार बिहान अध्यक्ष ओलीले गरेको नेपाल लक्षित भाषण र नेता नेपालसहित १५ जना नेताले ओलीमाथि गरेको टिप्पणी हेर्दा भने एमाले विवाद सहजै सुल्झिने संभावना देखिँदैन ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ४ : २२ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा